कांग्रेस महाधिवेशनको एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल
नमस्कार गदैं ओली मञ्चमा पुग्दा प्रचण्डले मुन्टो बटारे, माधव नेपाल मुन्टो तलतिर हेरेर टोलाईरहे

काठमाडौं । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि हुँदैनन भनिन्छ । तर एक वर्ष यता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सम्वन्ध अत्यन्त विकृत रुपमा विग्रेको छ । एमाले र माओवादी केन्द्र एक भएर नेकपा रहेकै बेलामा पार्टीका तर्फबाट सरकारको नेतृतव गरिरहेका केपी ओलीले पार्टीभित्र आफु अप्ठ्यारोमा परेपछि संसद विघटन गरिदिए ।
त्यसपछि ओलीको विरुद्धमा प्रचण्डले पार्टीमै रहेका अर्का नेता माधव नेपाल समेतलाई लिएर सडक आन्दोलनमा उत्रिए । त्यसवाट विग्रेको प्रचण्ड ओली सम्वन्ध अहिले पनि सुर्धन सकेको छैन । त्यसयता यी दुई नेता सँगै भेटिने त काहाको काहाँ सामान्य वोलचाल समेत थिएन ।
त्यसतै माधव नेपालसँग पनि ओलीको ५ महिनायता भेटघाट त के, मञ्चमा समेत सँगै देखिएका थिएनन । एमाले महाधिवेशनमा ओलीले प्रचण्डलाई निम्तो पठाएपनि उनी गएनन । माधव नेपालको पार्टीलाई त ओलीले अवैध पार्टी भन्दै निम्तो समेत दिएको थिएन । ओलीले माधव नेपालको पार्टी संसदमा उपस्थित रहेसम्म संसद चल्न नदिने अडान अहिले पनि लिईरहेकै छ ।
यस्तो बेला कांग्रेसको महाधिवेशन यस्तो संयोग मिल्यो, वर्ष दिन देखि भेट नभएका प्रचण्ड र ओली तथा ५ महिनादेखि भेट नभएका ओली र माधव नेपाल सवै एउटै मञ्चमा भेट भए । प्रचण्ड र नेपाल एकातिर वसे भने ओली अर्काेतिर । वीचमा प्रधानमन्त्री शेरवहादुर देउवा वसेका थिए ।
अन्य नेताहरु भन्दा ओली कांग्रेसको मञ्चमा अलिक ढिलो गरी पुगेका थिए । त्यसक्रममा ओली प्रचण्ड माधव नेपाल लगायत नेताहरु वसेका नेताहरु हुँदै मञ्चमा अगाडी वढेका थिए । त्यसक्रममा उनले दुई हात जोडेर नमस्कार गदै पुगेका थिए । तर त्यसवेला प्रचण्ड अर्काेतिर र माधव नेपाल भने मुन्टो तलतिर हेरेर वसेका थिए ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया