नेपालमा दुई करोड मात्रा खोप लगाइयो

काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको दुई लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोनाविरुद्धको खोप दुई करोड मात्रा लगाइएको जानकारी दिए । उनका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ ।
तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सबभन्दा बढी शुक्रबार खोप लगाएका छन् । उनका अनुसार तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सरकारले गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदैछ । यस्तै लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।
नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप आइपुगेको छ ।
















आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया