देउवा समूहले टुंग्यायो सहमहामन्त्री र खस आर्यतर्फका केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुङ्ग्याएको छ ।
सभापति शेरबहादुर देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर, आदिवासी जनजातीतर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँचीलाई उम्मेदवार बनाउने भएको छ ।
यस्तै, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
यसैगरी, खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासीपूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन, गोविन्दबहादुर शाह अछाम तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।











राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया