एनपी साउद देउवासँग रिसाए, विश्वप्रकाशलाई शुभकामना

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका मानिएका युवा नेता एनपी साउन संस्थापन पक्षसँगै असन्तुष्ट भएका छन् ।
संस्थापन पक्षसँग भारी असन्तुष्ट देखिएका साउदले केन्द्रीय सदस्य पदमा उम्मेदवार दर्ता गराएका छन् ।
सिंह र शर्माको प्रस्तावलाई स्वीकार नगरे पनि उनले आफू संस्थापनसँग भारी असन्तुष्टी रहेको भन्दै विश्वप्रकाश शर्मालाई अघि बढ्न सुझावसहित शुभकामना दिएका थिए ।
उनले प्रकाशमानलाई सहयोग गर्ने त भनेका छैनन् । तर विश्वप्रकाशलाई भने अघि बढ्न हौसलासहित शुभकामना दिएका छन् । साउदले महामन्त्री पदमा दाबी गर्दै आएका थिए । अन्य पक्षलाई पनि मिलाउन भन्दै विश्वप्रकाश र एनपी साउदलाई आउट गरेपछि उनीहरु संस्थापनसँग रुष्ट भएका हुन् ।
विश्वप्रकाश र प्रकाशमानले सँगै बढ्न आग्रह गरेपछि एनपीले भने– ‘म संस्थापनसँग भारी अस्तुष्ट छु, विश्वजी अघि बढ्नुस्, शुभकामना छ ।’
संस्थापनबाट असन्तुष्ट भई प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका विश्वप्रकाश शर्माले आफ्नो टिममा ल्याउन साउदलाई अन्तिम समयमा प्रयास गरेका थिए ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया