कांग्रेस सभापतिका उम्मेदवार, जसको कुनै चर्चा छैन

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि ६ जनाले उम्मदेवारी दर्ता गराएका छन् । सभापतिका ६ जना उम्मेदवार मध्ये चार जनाको नाम यसअघि नै सभापतिको उम्मेदवारका लागि भनेर चर्चा हुँदै आएको थियो ।
संस्थापन (शेरबहादुर देउवा) पक्षका नेता विमलेन्द्र निधिले महिनौ अघि नै सभापति पदमा उम्मेदवारीको घोषणा गरेका थिए । देउवा र देउवा वृत्तकाले नपत्याए पनि निधिले शनिवार सभापति पदमा उम्मेदवारी दर्ता गराए ।
संस्थापन इतरपक्ष अर्थात रामचन्द्र पौडेल समूहबाट साझा उम्मेदवार बनाउने लामो समयको प्रयास असफल भएपछि डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापति पदमा छुट्टाछुट्टै उम्मेदवार दर्ता गराए । देउवाले भने संस्थापन पक्षको एकमात्र उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् ।
यी चार उम्मेदवार सँगसँगै शनिवार कांग्रेसका युवा नेताहरु पूर्व केन्द्रीय सदस्य कल्याण गुरुङ र युवराज न्यौपानले पनि सभापति पदमा उम्मेदवार दर्ता गराएका छन् । कांग्रेसमा युवा नेतृत्वको आवश्यकता भन्ने निकै चर्का कुरा गर्नेहरुले पनि यी दुई युवाको कुनै चर्चा गरेका छैनन् ।
सभापतिका अन्य चार उम्मेदवार ६० वर्ष माथिका उमेर समूहका छन् । बरु, युवा नेतृत्वको चर्चा गर्ने गरेका नेताहरु पनि बुढा नेताहरुको फेरो समाउँदै उम्मेदवारी दर्ता गराएका छन् ।
सभापतिमा उम्मेदवारी दिने यी युवा नेताहरुमध्ये युवराज न्यौपाने गोरखाका हुन् । गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका उनको न कुनै चर्चा छ, न कसैको साथ समर्थन नै ।
कांग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा बारम्बार उठे पनि कार्यान्वयनमा आउन नसकेको भन्दै न्यौपानले सभापति पदमा नै उम्मेदवार दर्ता गराए । पुराना नेताहरु अभिभावक भई बस्नुपर्ने उनको भनाई छ । तर यी युवाको कुरा न युवाले सुनेका छन्, न बुढा नेताहरुले ।
न्यौपानेले वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहहरुले युवा अवस्थामा पार्टी स्थापना गरी युवा अवस्थामै पार्टी नेतृत्व गरेको स्मरण गर्छन् ।
न्यौपाने उम्मेदवार दर्ता गर्नुअघि अर्का युवा नेता कल्याण गुरुङले उम्मेदावरी दर्ता गरेका थिए । कांग्रेस निकट विद्यार्थी संगठन नेबिसंघका पूर्व महामन्त्रीसमेत रहेका महोत्तरीमा जन्मिएका गुरुङ् पछिल्लो समय पार्टीको केन्द्रीय सदस्य थिए ।
२०४५ सालबाट विद्यार्थी राजनीतिबाट सक्रिय भएका गुरुङ नेबिसंघको गोविन्द भट्टराई सभापति हुँदा केन्द्रीय सदस्य थिए भने विश्वप्रकाश शर्मा सभपाति हुँदा सहमहामन्त्री भएका थिए । काँग्रेस विभाजन हुँदा देउवा निकट नेविसंघको सभापति भएका उनी कांग्रेस एकीकृत भएपछि देउवालाई छाडेका थिए ।
तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले उनलाई केन्द्रीय समितिमा मनोनित गरेका थिए ।
शनिवार सभापति पदमा उम्मेदवारी दर्तापछि मिडियामा गुरुङको चर्चा भए पनि प्रतिनिधिहरु माझ कुनै चर्चा छैन ।
गत वर्ष फाल्गुनमा गुरुङ्ले बुटवलमा पत्रकारहरुसँगको कुराकानीमा आफूले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । तर उनको चर्चा खासै भएन ।
कांग्रेस नेता विमलेन्द्र निधिले पनि धेरै समयअघि नै सभापतिको उम्मेदवार घोषणा गरेका थिए । उनको चर्चा निकै भयो तर उनलाई न शेरबहादुर देउवाले पत्याए, न अरु कार्यकर्ताले नै । अन्ततः विमलेन्द्र निधि एक्लो भएर पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।
















दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया