कुन राशीको दिन कस्तो ?

आज वि. सं. २०७८ साल मंसिर महिनाको २६ गते आइतबार, मंसिर शुक्लपक्षको नवमी तिथि ।
मेष
पेशागत क्षेत्र शुभ रहने छ । ब्यापार बिजनेशमा पनि लाभ प्राप्त हुने छ । आर्थिक पक्ष सवल हुने हुँदा यसले आत्मविश्वास बढाउने छ । परिवारमा तनावपूर्ण अवस्था विद्यमान रहने छ । स्वास्थ्य समस्याका कारण उर्जाको भने अभाव हुने छ ।
वृष
पेशागत जीवनमा उन्नति प्रगतिको अवसर प्राप्त हुने छ । ठुला बडा मानिसहरुले विश्वास गर्ने हुँदा इज्यत बढ्न पुग्ने छ । आर्थिक पक्ष सन्तुलित रहने छ । खर्च भने केही बढ्न जाँदा बचतको अवस्था न्युन हुने छ । मनमा उत्साह र उमङ्गको भने कमि हुने छ । परिवारमा किचलो कायम रहने छ ।
मिथुन
समय अलि चुनौतिपूर्ण चलिरहेकाले धैर्यतासाथ अघि बढ्नु होला । धेरै जोखिमपूर्ण कामहरु भन्दा निरन्तरताका लागि जोखिम लिनु उपयुक्त हुने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । स्वास्थ्यमा समस्या आउने छ । आर्थिक सन्तुलनमा गडबढि पैदा हुँदा दबाब सृजना हुने छ ।
कर्कट
पेशागत जीवन शुभ रहने छ । व्यवस्थापकीय क्षमतामा अदुभुद् बृद्धि हुने छ । अघि बढाएका कामहरुबाट लाभ मिल्ने छ । कमाईमा पनि बृद्धि हुने छ । तर दुव्र्यसनका क्षेत्रहरुमा लाग्ने जोखिम देखिएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने छ ।
सिंह
पेशागत जीवनमा आफु भन्दा माथिका बोसहरुसँग झैझगडा र मतभेद उत्पन्न हुने छ । आर्थिक पक्ष भने सवल नै रहने छ । खर्चको मात्राहरु पनि बढेन जाने छ । आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका विषयमा निर्णयहरु गर्न मन लाग्ने छ । बोली कडा हुने हुँदा ध्यान दिनु होला ।
कन्या
पेशागत जीवनमा आरोपको अवस्था खेप्नु पर्ने छ । कमाईमा पनि भारी गिरावट देखिँदा आर्थिक दबाब सृजना हुने छ । दाम्पत्य जीवनमा मतभेदहरु देखिने छ । मनोबल कमजोर हुने हुँदा स–साना विषयमा पनि डर लाग्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण बन्न सक्ने छैन् ।
तुला
पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । नयाँ नयाँ सवारीसाधन किन्न मन लाग्ने छ । रमाईलो स्वाभावको व्यक्तित्व हुने हुँदा अरुको मन जित्न सकिने छ । मनोरञ्जनात्मक कार्यमा धेरै खर्च हुने छ । साथिभाइको विश्वास आर्जन हुने छ । बोली प्रभावकारी रहने हुँदा अरुको मन जित्न सकिने छ ।
वृश्चिक
पेशागत जीवन सहज बन्ने छ । पदोन्नति हुने वा थप जिम्मेबारी मिल्ने छ । सृजनशिल स्वाभाव हुने हुँदा कल्पनात्मक सृजनशिलतामा मन केन्द्रीत हुने छ । सामाजिक जीवनमा पुरस्कार तथा कदरहरु प्राप्त हुने छ । आर्थिक रुपमा पनि सहज अवस्था रहने छ । परिवारमा मिलन तथा शान्तिपूर्ण तावरण रहने छ । चिसोजन्य स्वास्थ्य समस्याले भने सताउने छ ।
धनु
पेशागत जीवनमा सन्तुलन बिग्रन जाने छ । आरोप प्रत्यारोप वा झैझगडाको वातावरण रहने हुँदा बादबिबादबाट परै बस्ने कोशिस गर्नु नै उत्तम हुने छ । आर्थिक अवस्था भने सन्तुलित नै रहने छ । परिवारमा तनावपूर्ण वातावरण रहने हुनाले मानसिक अशान्ति आउने छ । निन्द्रामा समस्या देखिने र मनमा तनाव छाइरहने छ ।
मकर
पेशागत जीवन धेरै सहज बन्ने छैन् । तसर्थ सन्तुलित भएर चल्ने प्रयास गर्नु नै उत्तम हुने छ । भोगविलासका विषयहरु तर्फ मन तानिने छ । आँटेका कामहरुमा मेहनत धेरै तर त्यसको नतिजा ढिला गरि थोरै मात्र आउने छ । खराव मानिसहरुको संगत त्याग्नेतर्फ विचार गरेमा उत्तम हुने छ । अध्ययन अध्यापनमा पटक्कै रुचि जाने छैन् ।
कुम्भ
पेशागत जीवनमा केही सुधार आउने छ । आर्थिक चुनौतिहरुमा आफन्तहरुको साथ हुने छ र समाधानतर्फ जाने छ । जीतमा पनि हारमा पनि एकै खालको स्वाभाव हुने छ । मनमा आँट र भरोषा कायम रहँदा स–साना असफलताहरुले धेरै नकारात्मक प्रभाव पार्ने छैनन् । सामाजिक क्षेत्रबाट सहि मुल्यांकन नहुँदा चित्त दुख्ने छ ।
मीन
पेशागत जीवन द्वन्दबाट अघि बढ्ने भएकाले कम बोल्ने र कम बिबादमा सामेल हुने गरेमा ठिक हुने छ । आर्थिक रुपमा कठिनाईहरुबाट गुज्रनु पर्ने छ । मनमा निराशा र वैचैनीको अवस्था विद्यमान रहँदा उत्साहको कमि हुने छ । भविष्य प्रतिको चिन्ता अस्वाभाविक रुपमा देखा पर्दा डर र भयले सताउने छ । जीवनसाथिको साथले ठुलो राहत मिल्ने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया