एमाले पोलिटब्यूरोमा बालकृष्ण ढुंगेलदेखि देवी ज्ञवालीसम्म

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरोमा बालकृष्ण ढुंगेलदेखि देवी ज्ञवालीसम्मलाई प्रस्ताव गरिएको छ ।
भक्तपुरको गठ्ठाघरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरोमा ढुंगेल र ज्ञवालीसहित ८० जनाको नाम प्रस्ताव गरेका हुन् । एमाले विधानअनुसार १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ओलीले ८० जनाको नाम प्रस्ताव गरेका हुन् ।
पोलिटब्यूरोमा पहिलो नम्बरमा नै घनश्याम भुसालको नाम प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्यमा सिफारिस गरिएका पण्डितलाई पनि पोलिटब्यूरोमा प्रस्ताव गरिएको छ ।
यस्तै, माओवादीबाट आएका मणिचन्द्र थापा र प्रभु साहलाई पनि पोलिटब्यूरोमा प्रस्ताव गरिएको छ ।
यस्तै, एमालेकै पार्टी विभाजनको बेला ओलीका पक्षमा धुरन्धार लागेका महेश बस्नेत, निरुदेवी पाल, गोकुल बास्कोटा, विशाल भट्टराई, सूर्य थापा, राजन भट्टराई, शान्ता चौधरी लगायतको नाम पनि पोलिटब्यूरोमा प्रस्ताव गरिएको छ ।
यसैगरी गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, शेरधन राई, यमलाल कँडेल, सीता पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापामगर, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्कीलाई पोलिटब्यूरोमा प्रस्ताव गरिएको छ ।
यस्तै, अरुण नेपाल, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, कमल चौलागाई, ईश्वरी रिजाल, जीतबहादुर गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, वैजनाथ चौधरी, लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्रसिंह रावल, नारदमुनि राना, लीलबहादुर थापामगर, सुजिता शाक्य, ज्वालाकुमार साह, मोहन बानियाँ, मञ्जु चौधरी, गणेशसिंह ठगुन्ना, खिमलाल भट्टराई, दधिराम न्यौपाने, ठाकुर गैरेलाई पनि पोलिटब्यूरोमा प्रस्ताव गरिएको छ ।
यसैगरी, तिलकुमार म्याङ्ब्यो, गौरी ओली, बिमला घिमिरे, लिलाकुमारी भण्डारी, सीता गिरी ओली, कृष्ण राई, गुलाबजंग शाह, लक्ष्मी पोखरेल, मनकुमारी केसी, सुशीला नेपाल र पार्वत गुरुङको नाम पनि पोलिटब्यूरोमा प्रस्ताव भएको छ ।
यो पनि पढ्नुस्
यी नेता परे एमालेको मनोनित केन्द्रीय सदस्यमा

















आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको अर्थमन्त्री खनालको भनाइ
भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त
काठमाडौँमा प्रदूषण बढ्यो
मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी
राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छः प्रधानमन्त्री कार्की
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया