मंगलम् इन्डस्ट्रिजको प्लम्बर्स मिट सम्पन्न

काठमाडौं । मंगलम् इन्डस्ट्रिजले देशको विभिन्न ठाउँँमा प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपालगन्जबाट सुरु भएकोे यो प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम मङ्सिर महिनाभरि इटहरी, पोखरा र काठमाडौंमा आयोजना भएको थियो । अहिलेसम्म कार्यक्रममा लगभग १००० प्लम्बरहरुको सहभागिता रहेको आयोजक मंगलम् इन्डस्ट्रिजले बताएको छ ।
यस उद्योगमा भइरहेको नयाँँ प्रगतिहरुको बारेमा जानकारी गराउँदै पाइपिङ उद्योगमा सकृय प्लम्बरहरुलाई एक–अर्कासँग भेटघाट गराउने, सुचना आदान–प्रदान गर्ने र प्लम्बरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजक मंगलम इन्डस्ट्रिजले बताएको छ ।
कार्यक्रममा मंगलम् इन्डस्ट्रिजको बारेमा बिस्तृत जानकारी प्रस्तुत गरिनुको साथै नयाँँ योजना तथा अफरहरुको बारेमा पनि जानकारी गराइएको थियो । उक्त कार्यक्रममा हाजिरीजवाफ, नृत्य, लक्की ड्र, उपहार वितरण लगायत अन्य मनोरन्जनात्मक क्रियाकलापहरु पनि समावेश गरिएको थियो । यसको साथै कम्पनीको नयाँँ उत्पादन रेन प्रोको बारेमा पनि जानकारी दिइएको थियो । रेन प्रो बर्खा यामको पानी संकलन र निस्कासनको लागि प्रयोग हुने पाइप हो ।
आउँदोे महिनाहरुमा देशका अन्य शहरहरुमा पनि यस्तो कार्यक्रम सन्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ । पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन् २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो ऋएख्ऋ पाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्ये एक पनि हो ।

















तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया