‘औषधिको मूल्यवृद्धि गरिएको छैन’

काठमाडौँ । नेपाल औषधि व्यवसायी संघले आफूखुशी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट पारेको छ । संघले आज विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा औषधिको मूल्यवृद्धिसम्बन्धी समाचारमा संघको नामसमेत उल्लेख भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।
संघले समाचारमा उल्लेख भएका कतिपय तथ्यहरूप्रति संघ असहमति राख्दै तथ्यपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोधसमेत गरेको छ । ‘औषधि ऐन, २०३५ मा आवश्यक देखेमा नेपाल सरकारबाट औषधिको मूल्य निर्धारण गर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार हाल देशमा ९६ प्रकारका औषधिका मूल्यसमेत निर्धारण गरिएको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ ।
संघले नेपाल सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिको मूल्य उत्पादक आफैँले निर्धारण गर्ने प्रचलनअनुसार देशमा पनि आयात गरिने औषधिमा सरकारले तोकेबाहेक अन्यमा उत्पादक कम्पनीले, उत्पादित देशमा भन्दा एमआरपी बढी नहुने गरी आयात गरिरहेको सम्पूर्णमा अनुरोध गरेको ।
संघले विद्यमान कानुनी व्यवस्था र यथार्थताभन्दा टाढा रहेर प्रकाशन/प्रसारण भएका समाचारमा सत्यता नभएको बताउँदै औषधिजस्तो अति संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा गम्भीर अध्ययन, खोज र विश्लेषण गरिदिनु हुन अपिल गरेको छ ।
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया