बिहीबार, पुष १०, २०८२

आगामी तीन दिनको मौसम कस्तो ?

मेरोन्यूज २०७८ पुष २ गते ६:४४

काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बागमती र गण्डकी प्रदेशको पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू भागमा आंशिक बदली रहने भएको छ ।

महाशाखाका अनुसार आज शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू भागमा आंशिक बदली रहने छ । यस्तै, केही स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, शनिबार देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशमा तथा बाँकी पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । यसैगरी कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भू भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी आइतबार देशको पहाडी भू भागमा आंशिक बदली र बाँकी भू भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया