सरकारले सच्यायो आफ्नो निर्णय
मेरोन्यूज
२०७८ पुष ३ गते १२:१८

काठमाडौँ । नेपाल सरकारले आफ्नो निर्णय सच्याएको छ । पर्यटन व्यवसायीलगायत संस्थाले विरोध गरेपछि ६७ देशबाट नेपाल आएकाहरूले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय सरकारले सच्याएको हो ।
अर्को सूचना जारी नहुँदासम्म क्वारेन्टिन बस्नु नपर्ने अध्यागमन विभागले जनाएको हो । तर, कोभिड मापदण्डसम्बन्धी अन्य नियमहरू भने यथावत रहने छ । क्वारेन्टिन बस्नु पर्ने नियमको पर्यटन व्यवसायीले विरोध गरेका थिए ।
विभागले जर्मनी, बेल्जियमसहित युरोपेली मुलुक र खाडी मुलुकबाट नेपाल प्रवेश गरेकाहरूले अनिवार्य हप्ता दिन क्वारेन्टिन बस्नु पर्ने निर्णय गरेको थियो । ती मुलुकमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएको छ ।
सम्बन्धित














समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया