सरकारले सच्यायो आफ्नो निर्णय
मेरोन्यूज
२०७८ पुष ३ गते १२:१८

काठमाडौँ । नेपाल सरकारले आफ्नो निर्णय सच्याएको छ । पर्यटन व्यवसायीलगायत संस्थाले विरोध गरेपछि ६७ देशबाट नेपाल आएकाहरूले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय सरकारले सच्याएको हो ।
अर्को सूचना जारी नहुँदासम्म क्वारेन्टिन बस्नु नपर्ने अध्यागमन विभागले जनाएको हो । तर, कोभिड मापदण्डसम्बन्धी अन्य नियमहरू भने यथावत रहने छ । क्वारेन्टिन बस्नु पर्ने नियमको पर्यटन व्यवसायीले विरोध गरेका थिए ।
विभागले जर्मनी, बेल्जियमसहित युरोपेली मुलुक र खाडी मुलुकबाट नेपाल प्रवेश गरेकाहरूले अनिवार्य हप्ता दिन क्वारेन्टिन बस्नु पर्ने निर्णय गरेको थियो । ती मुलुकमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया