बिहीबार, पुष १०, २०८२

आज देशभर मौसम कस्तो ? सतर्कता हुन सबैमा आग्रह

मेरोन्यूज २०७८ पुष ५ गते ६:५८

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय प्रणालीको कुनै मौसम नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेने छ ।

आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाले चिसो बढेको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ । महाशाखाले तराईका भागहरुममा बिहानको समयमा हुसु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको जनाएको छ ।

महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया