चिसो बढ्दो क्रममा, केही ठाउँमा आज हिमपातको सम्भावना

काठमाडौं । हाल देशको पहाडी भू–भागहरूमा आंशिक बदली हुुनुका साथै तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार बुधबार देशको पहाडी भू–भागमा आँशिक बदली हुनुका साथै प्रदेश १ को उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
अन्य भू–भागमा भने बुधबार मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, बिहीबार देशका पहाडी भू–भागहरूमा आंशिक बदली हुनुका साथै बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । विहीबार पनि प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार पहाडी भू–भागमा सामान्य बदली हुने तथा अन्य क्षेत्रमा सामान्यतया मौसम सफा रहने पूर्वानुमान छ । शुक्रबार पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।











बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
प्रतिक्रिया