शनिबार, वैशाख १९, २०८३

निमावि तहको शिक्षकका लागि आवेदन खुला

मेरोन्यूज २०७८ पुष ७ गते ८:१९

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक विद्यालय तहका तहका लागि आवेदन खुल्ला गरेको छ ।

आयोगले निमावि तृतीय श्रेणीमा झण्डै २६ सय शिक्षकका लागि आवेदन खुलाएको हो ।

आयोगले बुधबार आफ्नो वेबसाइटमा शिक्षक माग गरेको सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो ।

आयोगले नेपाली विषयमा ४३७ जना, अंग्रेजी विषयलाई ६२४ जना, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयजुर्वेदमा एक, गणित विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गरेको छ ।

Advertisement
NiccNicc

आयोगले माग गरेको निमावि तहको शिक्षक नियुक्तिका लागि आगामी चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने जनाएको छ ।

सात वटै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन् भने विभिन्न विषयहरु प्रदेशअनुसार माग गरिएको छ ।

आगामी माघ ६ गतेभित्र १८ वर्ष पूरा भई ४० वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्ने आयोगले बुधबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

आयोगले प्रकाशित गरेको सूचना हेर्नुहोस्

प्रतिक्रिया