निमावि तहको शिक्षकका लागि आवेदन खुला

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक विद्यालय तहका तहका लागि आवेदन खुल्ला गरेको छ ।
आयोगले निमावि तृतीय श्रेणीमा झण्डै २६ सय शिक्षकका लागि आवेदन खुलाएको हो ।
आयोगले बुधबार आफ्नो वेबसाइटमा शिक्षक माग गरेको सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो ।
आयोगले नेपाली विषयमा ४३७ जना, अंग्रेजी विषयलाई ६२४ जना, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयजुर्वेदमा एक, गणित विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गरेको छ ।
आयोगले माग गरेको निमावि तहको शिक्षक नियुक्तिका लागि आगामी चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने जनाएको छ ।
सात वटै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन् भने विभिन्न विषयहरु प्रदेशअनुसार माग गरिएको छ ।
आगामी माघ ६ गतेभित्र १८ वर्ष पूरा भई ४० वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्ने आयोगले बुधबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
आयोगले प्रकाशित गरेको सूचना हेर्नुहोस्
















म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया