लुम्बिनीको मायादेवी मन्दिर नजिक युवति मृत फेला
मेरोन्यूज
२०७८ पुष ७ गते ९:५५

बुटवल । लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ ।
मन्दिरको पछाडीको झाडीमा अन्दाजी २० वर्षीया युवतीको बेवारिसे अवस्थामा शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।
मायादेवि मन्दिर पछाडि रहेको इलाका प्रहरी कार्यालय रहेको पुरानो भवनको खण्डहरमा मधेसी मुलकी युवतीको शव मंगलबार साँझ फेला परेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरिक्षक भाष्कर चन्दले बताए
स्थानीय प्रत्यक्षदर्शीले खण्डहर सहितको झाडीमा शव रहेको सूचना दिए लगत्तै इलाका प्रहरी कार्यालय लुम्बिनी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेर शव बरामद गरिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको र घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रवक्ता चन्दले जानकारी दिए ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया