साथीमार्टमा अभिनेत्री वर्षा सिवाकोटी

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले नेपालकै ठूलो रिटेल चेन सुपरमार्केट ‘साथी मार्ट’ को नयाँ आउटलेटको उदघाटन गरेकी छन् ।
टोखा मिलनचोकमा नेपालकै ठूलो रिटेल चेन सुपरमार्केट ‘साथी मार्ट’ को नयाँ आउटलेटको उद्घाटन गर्दै उनले घरमा आवश्यक पर्ने ग्रोसरी सपिङ आफ्नो समय र लोकेशन हेरेर गर्ने गरेको बताइन् । घरका लागि ग्रोसरी सपिङ आफूले भन्दा बढी आमाले गर्ने गरेको सिवाकोटीले बताइन् ।
‘साथी मार्ट’ ले अनलाइनबाट दिने सुविधाले पनि आम मानिसको जीवनलाई सहज बनाएको उनको भनाई छ । लकडाउनको समयमा अनलाइन सपिङबाहेक अरु विकल्प नहुँदा अनलाइन सपिङले ठूलो भूमिका खेलेको उनको भनाई थियो ।
ओ टु ओ (अनलाइन टु अफलाइन) सुविधासहित टोखामा ‘साथी मार्ट’ को आउटलेट सुरू भएको हो । उपभोक्ताले ‘साथी मार्ट’ को मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक पर्ने सामान अर्डर गरी मगाउन सकिने सिइओ सागर पोख्रेलले बताए ।
आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने बताइएको छ । ‘साथी मार्ट’ को ब्रान्ड एम्बास्डरमा सुपरस्टार राजेश हमाल रहेका छन् ।
















उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया