मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
मेरोन्यूज
२०७८ पुष ९ गते ९:५२

गुल्मी । गुल्मीको बिरवासमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।
गुल्मीदरबार गाउँपालिका–४ तानसेन तम्घास सडक खण्डको बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४ ५२ नम्बरको मोटरसाइकल बिरवासमा दुर्घटना हुँदा बिरबास बाख्रे बस्ने ३० बर्षीय पदम ढेंगाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
उक्त मोटरसाइकल दुर्घटनामा परि एक युवक घाइते भएका छन् । मोटरसाइकलको पछाडी बसेका सोही ठाउँका ३१ वर्षीय धनबहादुर ढेंगाको श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । धनबहादुरको अवस्था भने खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सम्बन्धित
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया