शनिबार, पुष १२, २०८२

१४ महिने बालक अपहरण गर्ने भारतीय युवा पक्राउ

मेरोन्यूज २०७८ पुष १० गते ६:५६

काठमाडौँ । जनकपुरधाममा १४ महिनाको बालक अपहरण गर्ने भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारस्थित सितामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ मा डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेका छन् ।

बुधबार साँझ अन्दाजी ७ बजे उपमहानगर १७ स्थित मनहरपुर बस्ने रासलाल मुखियाको १४ महिने छोरा कृष्ण मुखिया हराएका थिए । लगत्तै उनले धनुषा प्रहरीमा जानकारी गराएका थिए ।

प्रहरी टोलीले ठाकुरलाई भारततर्फ बच्चा लिएर जाँदै गर्दा पक्राउ गरेको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया