माधव नेपालसँग ढिलो-चाँडो एक ठाउँमा हुन्छौं : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग ढिलो-चाँडो एक ठाउँमा हुने बताएका छन्। पार्टीको राष्टिय सम्मेलनको पूर्वसन्ध्यामा ललितपुरको एक होटलमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले माधव नेपाल सँग आफुहरु एकै ठाँउ हुने बताएका हुन् ।
माधव नेपालसँग हामी ढिलो-चाँडो एक ठाउँमा हुन्छौं। हामी यसअघि पनि आफैं छुट्टिएको होइन,- प्रचण्डले भने ।
सर्वाेच्च अदालतले गत वर्ष पुस २३ मा एमाले र माओवादीको एकता वदर गदै अलग अलग पार्टी नै ब्यूताईदिएपछि प्रचण्ड र माधव नेपालहरु अलग अलग भएका थिए । त्यस अगाडीसम्म ओली विरुद्ध प्रचण्ड र नेपाल एकै ठाउँमा थिए । प्रचण्डले अव पनि माधव नेपालसाग ढिलोचाडो एकै ठाँउमा हुने बताएका हुन् ।
नेतृत्व भनेको औपचारिकमात्र नभई विचार र जनमत बोकेको हुनुपर्ने प्रचण्डको भनाई थियो ।
नेतृत्व भनेको औपचारिकमात्र होइन विचार र जनमत बोक्ने हुनुपर्छ, जसरी पनि निर्वाचन जितेर नेतृत्व सही आउँछ भन्ने पनि हुँदैन, -प्रचण्डले भने, – हामी बुर्जुवाले जस्तो निर्वाचन चाहँदैनौं तर हामी निर्वाचान हुनुहुँदैन पनि भन्दैनौं।
उनले निर्वाचन र मूल्यांकन दुवै बाट नेतृत्व निर्माण हुने बताए ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया