बिहीबार, फागुन २८, २०८२

माओवादीको आठौँ महाधिवेशन उद्घाटन आज

मेरोन्यूज २०७८ पुष ११ गते ६:३७

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले आज आठौँ महाधिवेशनको उद्घाटन गर्ने भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा महाधिवेशन उद्घाटन हुने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि पार्टीले वडा तहदेखि प्रदेश तहसम्म सम्मेलन गरिसकेको छ । महाधिवेशन करिब पाँच दिनसम्म चल्ने भएको छ ।

माओवादी केन्द्रले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र व्यवस्था गर्ने भएको छ । सबै व्यवस्था प्रतिनिधि आफैँले गर्नु पर्ने हुँदा प्रतिनिधि शुल्क दुई हजार मात्रै तोकिएको छ ।

आइतबार उद्घाटन हुने महाधिवेशनका लागि प्रतिनिधिहरू राजधानी आउने क्रम जारी छ ।

प्रतिक्रिया