केपी ओलीलाई प्रचण्डले गरे फोन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् । प्रचण्डले आफ्नो पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा निम्ता गर्न फोन गरेका हुन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि दुई नेताबीचको सम्बन्ध जटिल अवस्थामा पुगेको थियो । यसैबीच प्रचण्डले ओलीलाई आफै फोन गरी पार्टीको महाधिवेशनका लागि निम्ता गरेका हुन् ।
एमालेको १० औँ महाधिवेशनमा भने प्रचण्ड सहभागी भएका थिएनन् । त्यसमा प्रचण्डले लिलामणि पोखरेललाई पठाएका थिए । प्रचण्डको फोनपछि ओलीले आफू झापामा भएको भन्दै उपस्थित हुन नसक्ने बताएका थिए ।
माओवादीले यसअघि उद्घाटन सत्रमा कुनै दलका नेतालाई नबोलाउने बताए पनि अन्तिम अवस्थामा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता गरेको हो । माओवादीको महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे हुने भएको छ ।
नेकपा विभाजनपछि दुई नेता पहिलोपटक नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन सत्रमा भेट भएका थिए ।










नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
प्रतिक्रिया