प्रधानन्यायाधीशविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौ । प्रधानन्यायाधीस चालेन्द्र सम्शेर राणाको राजीनामा माग गदै निरन्तर आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनको आन्दोलनको कुनै सुनुवाई नभईरहेका बेला प्रधानन्यायाधीशको सम्पत्ति छानबिनको माग सहित सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको छ ।
नागरिक अभियन्ताहरुको तर्फबाट डा गोविन्द केसीले प्रधानन्यायाधीस राणाको सम्पत्ति खोजबिन र अनुसन्धान मागर्नुपर्ने माग सहितको ५ बुँदे उजुरी सम्पक्ति सुद्दिकरण विभागमा दर्ता गरिएको छ ।
उजुरी दर्ताका लागि डा गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी र अधिवक्ता ओमप्रकाश अर्याल लगायत विभागको कार्यालय पुगेका थिए ।
जबराविरुद्ध अनुसन्धान अघि बढाउने पहलका लागि नेपाल बार एसोसिएसनले ढिलाइ गरेपछि आफूहरु आउनु परेको उनीहरुले बताएका छन्।
उजुरीमा जबराले आफू विशेष अदालतको न्यायाधीश हुँदा अवैध आर्जन गरेको करोडौं रुपैयाँ पत्नी रेजी राणा ९क्षेत्री० मार्फत २०६५ सालमा काठमाडौं महानगरपालिका -३० ठमेल स्थित कित्ता नम्बर १०९ र किनं ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको दाबी गरिएको छ। त्यस्तै जबरा स्वयं संलग्न दर्जनौं घटना विवरण प्रकाशमा आएका पनि बताइएको छ।
डा केसी लगायतका अभिन्यान्ताको उजुरी दर्तापछि विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले अनुसन्धान अगाडी बढाउने वचन दिएका छन् ।















ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
प्रतिक्रिया