प्रधानन्यायाधीशविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौ । प्रधानन्यायाधीस चालेन्द्र सम्शेर राणाको राजीनामा माग गदै निरन्तर आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनको आन्दोलनको कुनै सुनुवाई नभईरहेका बेला प्रधानन्यायाधीशको सम्पत्ति छानबिनको माग सहित सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको छ ।
नागरिक अभियन्ताहरुको तर्फबाट डा गोविन्द केसीले प्रधानन्यायाधीस राणाको सम्पत्ति खोजबिन र अनुसन्धान मागर्नुपर्ने माग सहितको ५ बुँदे उजुरी सम्पक्ति सुद्दिकरण विभागमा दर्ता गरिएको छ ।
उजुरी दर्ताका लागि डा गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी र अधिवक्ता ओमप्रकाश अर्याल लगायत विभागको कार्यालय पुगेका थिए ।
जबराविरुद्ध अनुसन्धान अघि बढाउने पहलका लागि नेपाल बार एसोसिएसनले ढिलाइ गरेपछि आफूहरु आउनु परेको उनीहरुले बताएका छन्।
उजुरीमा जबराले आफू विशेष अदालतको न्यायाधीश हुँदा अवैध आर्जन गरेको करोडौं रुपैयाँ पत्नी रेजी राणा ९क्षेत्री० मार्फत २०६५ सालमा काठमाडौं महानगरपालिका -३० ठमेल स्थित कित्ता नम्बर १०९ र किनं ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको दाबी गरिएको छ। त्यस्तै जबरा स्वयं संलग्न दर्जनौं घटना विवरण प्रकाशमा आएका पनि बताइएको छ।
डा केसी लगायतका अभिन्यान्ताको उजुरी दर्तापछि विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले अनुसन्धान अगाडी बढाउने वचन दिएका छन् ।










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया