गजुरेलले भने– माओवादी एकताका लागि महाधिवेशनबाट ढोका खोल्नुस्

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले माओवादी पार्टीहरुबीचको एकताका लागि महाधिवेशनबाट ढोका खोल्न आह्वान गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)को आइतबारबाट सुरु भएको आठौं महाधिवेशनमा शुभकामना मन्तब्य राख्दै गजुरेलले माओवादी पार्टीहरुबीचको एकताका लागि जारी महाधिवेशनबाट नै ढोका खोल्न आग्रह गरे ।
उनले आफूलाई माओवादी केन्द्रको मञ्चमा उभिएर पुराना दिनहरुको सम्झना भइरहेको उल्लेख गर्दै गजुरेलले विगतमा प्रचण्डले माओवादी पार्टीहरु एक हुनुपर्छ भनिरहेको कुरा पनि आफूलाई सम्झना भइरहेको बताए ।
‘नेपालका सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एक हुनुपर्छ,’, गजुरेलले भने, ‘तर त्यसका लागि जनयुद्ध सुरु हुनुभन्दा अघि भएको निर्णय पूरा गर्ने प्रतिवद्धता यो महाधिवेशनबाट हुुनुपर्दछ ।’
माओवादी पार्टीहरुबीच एकताका लागि उनले जारी महाधिवेशनबाट जनगणतन्त्रको कार्यदिशा अघि बढाउन पनि गजुरेलले सुझाव दिए ।
एमसीसी खारेज गरेमा तथा लिपुलेकदेखि लिम्पियाधुरासम्मको नेपालको नक्सामा समेटिएको जमीन फिर्ता गर्ने प्रतिवद्धता पनि महाधिवेशनबाट आएमा पार्टी एकताको बहस र छलफलका लागि ढोका खुल्ने गजुरेलको भनाइ थियो ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया