संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्छ : अनिल झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानमा गणतन्त्रको विषय समेटिएको भए पनि जनताले अनुभूति गर्ने गरी संघीयता र समावेशीको एजेन्डा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
यसका लागि मधेस आन्दोलन भए पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै उनले संघीयता र समावेशीको एजेन्डाका लागि जीवन दाउमा राखेर माओवादी क्रान्तिमा होमिएको भए पनि अहिले त्यसलाई सम्बोधन गराउन चुकेको आरोप लगाए ।
‘गणतन्त्र, समावेशी, संघीयताका लागि माओवादी क्रान्तिमा होमियो। हामी शान्तिपूर्ण आन्दोलनमा लाग्यौैँ,’ उनले भने, ‘तर, गणतन्त्र संविधानमा समावेश भए पनि संघीयता र समावेशीबारे उठाइएको एजेन्डा अहिलेसम्म सम्बोधन भएन ।’ यी माग सम्बोधन गर्ने गरी माओवादी अधिवेशनले निर्णय लिने उनको अपेक्षा छ ।











प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया