उपेन्द्रले माओवादी जनयुद्ध सँगै लडेको सम्झिए

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्धकालमा आफू सँगै लडेको स्मरण गरेका छन् ।
नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उदघाटन समारोहमा बोल्दै उनले माओवादी जनयुद्धको स्मरण गरेका हुन् ।
यादवले माओवादी जनयुद्धमा आफू सँगै लगेको स्मरण गर्दै माओवादी जनयुद्ध र मधेस आन्दोलन नभएको भए अहिलेको परिवर्तन नहुने बताए ।
यादवले नेपालमा ठूलो राजनीतिक परिवर्तनपछि पनि जनताको परिवर्तन हुन नसकेको बताए ।
‘प्रचण्डजी प्रधानमन्त्री हुनुभयो, माधव नेपालजी प्रधानमन्त्री हुनुभयो, अरु पनि कम्युनिस्ट प्रधानमन्त्री हुनभयो,’ यादवले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग अहिले पनि अलपत्र छ, बेपत्ता परिवारले अहिलेसम्म न्याय पाएका छैनन् ।
उनले मुक्तिका सवालहरु कम्युनिस्ट आनदोलनसँग जोडिएर आए पनि ती सवालहरु अलपत्र परेको गुनासो गरे ।
उत्पीडित जातजातीहरुको अधिकार, पहिचान, समावेशिताका लागि सम्बोधन गर्न महाधिवेशनले ठोस दिशा दिनुपर्ने उनको सुझाव थियो ।
संघीयता, समावेशीता, धर्मनिरपेक्षता जस्ता उपलब्धीहरु धरापमा पर्ने हुन् कि भन्ने भन्ने आशंका ब्यक्त गर्दै यादवले राजनीतिक दलहरु कताकता अल्मलिएर जाने हो कि भन्ने पनि आशंका ब्यक्त गरे ।
नेता यादवले गठबन्धन सरकारमा रहेका सबै यो कार्यक्रममा रहेको भन्दै अहिलेको सरकारले विगतका गल्तीहरुलाई औंल्याएर मात्र नभई विगतका गल्तीहरुलाई सच्चाएर अघि बढ्न सुझाव दिए ।















आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक
लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
प्रतिक्रिया