वैद्यले भने– प्रचण्ड र ओली प्रतिक्रियावादी दलाल हुन्

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् ।
माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् ।
उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरु भए पनि शुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए ।
उनले यस्ता घटनाहरुको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए ।
महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरुले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको बताए । उनले अहिले प्रचण्ड आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओवाद पहिले नै छोडिसकेको दाबी गरे ।
महासचिव वैद्यले माक्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्नेमा जोड दिए ।















सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह
चितवन कारागारबाट भागेका ११ भारतीयसहित १ सय कैदी अझै फर्किएनन्
सुनसरीबाट दुई सय केजी गाँजा बरामद
Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया