शनिबार, पुष १२, २०८२

माओवादी महाधिवेशनको बन्दसत्र भोलि ११ बजे सुरु हुने

मेरोन्यूज २०७८ पुष ११ गते १९:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सोमवार विहान ११ बजेबाट सुरु हुने भएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको उदघाटनसत्र आइतबार काठमाडौंमा सम्पन्न भएको हो । ढिला गरी सुरु भएको उदघाटनसत्र सकिन ढिला भएकाले बन्दसत्र सोमवारबाट मात्रै सुरु गर्न लागिएको हो ।

अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने जानकारी दिए ।

देशभरबाट आएका १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।

प्रतिक्रिया