हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग पुनः सञ्चालन

काठमाडौँ । हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए । राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेको घण्टेश्वर प्रहरीचौकी गैराले जनाएको छ ।
यसैगरी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातिदेखि हिमपात भइरहेको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । हिमपातले नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको बताइएको छ ।
हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायत क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् ।











हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया