शनिबार, वैशाख १२, २०८३

प्रचण्डको दस्तावेजमा लेखनाथ न्यौपानेको फरक मत (पूर्ण पाठसहित)

मेरोन्यूज २०७८ पुष १५ गते १३:५८


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा पूर्व विधार्थी नेता समेत रहेका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।

Advertisement
NiccNicc

उनले समूहगत छलफलका क्रममा आफ्नोतर्फबाट १० बुँदामा केन्द्रीत रहेर फरक मत राखेका हुन । उनले राखेको फरक मत छलफल गरेको उपत्यका विेशष प्रदेश कमिटीको छलफलका टोली नेता जगत सिंम्खडाले बन्दशत्रको हललाई जनकारी गराएका छन् ।

प्रचण्डले सोमबार २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो नामक राजनीतिक दस्तावेज पेश गरेका थिए । तर न्यौपानेले प्रचण्डको दस्तावेज अपूर्ण रहेको भन्दै १० बुँदे फरक मत राखेका हुन् ।

प्रचण्डको दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै न्यौपानेले फरक मत राखेका हुन् ।

न्याैपानले फरक मत राख्दै भनेका छन्, ‘महाधिवेशनको अर्थ, मुल्य र गुरुत्व जुन हुन्छ त्यो अनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन । विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन । कि अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भएपनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नु प¥यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नु पर्यो । नत्र यो प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज बोक्दैन ।’

फरक मतको पूर्ण पाठ

प्रतिक्रिया