सबैको सुझाव समेटेर प्रतिवेदन समृद्ध बनाउँछु : अध्यक्ष प्रचण्ड (जवाफसहित)

काठमाडौं । पार्टीको जारी आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन् ।
महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि २५ वटा समूहमा मंगलबार छलफल भएर बुधबार र बिहीबार समूहका नेताहरूले सुझावसहित निष्कर्ष प्रस्तुत गरेका थिए । त्यसक्रम उठाइएका प्रश्नको शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएका हुन् ।
प्रचण्डको जवाफ :
देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त हुनेगरि उद्घाटन सत्र सुरु भयो । प्रतिवेदनपछि हलमा र बाहिर तरंग, उत्साह जिज्ञासा व्यक्त भयो । महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रह्यो ।
हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकोले यो महाधिवेशनप्रति देश र र दुनियाँको ध्यान छ ।
कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो। कसैले २१शताब्दी फड्को हान्न खोजे पनि भने । कतिले २०औँ शताब्दिमा फर्कन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने ।
तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रित बन्यो । यही रुपमा कम्युनिष्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।
दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास, आत्मसमीक्षाको रुपमा, जनतासँग जोडिने सवालमा यो महाधिवेशन फरक रुपमा प्रस्तुत भएको सबैले आत्मसात ग¥यो । यो नयाँ बहसको सृष्टि गर्ने महाधिवेशन भयो । यही रुपमा इतिहासमा दर्ज भयो।
प्रतिवेदन गोपनीयता राख्ने कुरा पनि छ । यहि भएर हामीले प्रस्तुत नहुँदै प्रतिवेदन बाहिर नलैजाउँ भनेको हो र कमरेडहरूलाई पनि प्रस्तुत भएपछि मात्र दिइएको हो । आगामी दिनमा गोपनीयता पनि कायम गर्ने र यहाँहरूले भने जस्तै समयमै दिने वातावरण बनाउनेमा पनि ध्यान जान्छ ।
हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ र महाधिवेशन उद्घाटनमै पनि यहाँहरूले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नु भयो ।
मैले यसो बाहिर पनि नियाल्दा माओवादी पछाडि फर्किन्छकी भन्ने चिन्ता गरे जस्तो गरेर आलोचना भयो । त्यो भनेको माओवादी फेरि अर्को के के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दै छ भनेर ठानेका छन् । यो सकारात्मक नै हो ।
यहाँ टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मुल स्प्रिट सही छ भनुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । तर, त्यो पनि सुझाव नै हो । म तपाइँहरूलाई विश्वास के दिलाउन चाहन्छु, यो सिँगैै हलको साझा प्रतिवेदन भयो । सबै सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरूले पाउनुहुन्छ । सबै सुझाव समेटिन्छ ।










पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा
निर्वाचन तयारीबारे आज प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
महाधिवेशन राेक्न खाेजे विशेष महाधिवेशन हुन्छ : गगन थापा
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया