एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच एकता

काठमाडौं । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालबीच एकता भएको छ । परिषद्का संयोजक साध्यबहादुर भण्डारीलगायतका नेताहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार स्वागत गरे ।
वाम एकता संवाद कार्यदलले काठमाडौंमा आयोजना गरेको पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले चुनावदेखि चुनावको गोलचक्करमा फस्ने पार्टी कम्युनिष्ट नै नहुने दावी गर्दै आफूहरु जनतादेखि जनतासम्म भन्ने अभियानलाई केन्द्रमा राखेर जनजिविकाका सवालहरु बोकेर राजनीति गरिरहेको बताए।
लोकप्रियता हासिल गर्ने नाममा विकृतिले राजनीतिक दलहरुले बाटो छाड्ने गरेको सन्दर्भ उठाउँदै अध्यक्ष नेपालले केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई विकृतिको ओरालो बाटोमा हिँडाएकाले आफूहरुले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठनको बाटोमा उठाएको बताउँदै सम्पूर्ण वामपन्थी, प्रगतिशील, गणतान्त्रिक र समाजवाद पक्षधर शक्तिहरु गोलबन्द हुने वातावरण बनिरहेको दाबी गरे ।
एक सातामै दुई राजनीतिक दलहरुलाई एकीकृत समाजवादीमा एकीकृत गराएको तथ्यले नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार एकीकृत समाजवादी हुने स्पष्ट भएको बताए। नेपालले अलमलमा रहेका र बाटो विराएकाहरुलाई एकीकृत समाजवादीमा आएर जनताकेन्द्रित काम गर्न आग्रह गरे ।
पार्टी एकता कार्यक्रममा राष्ट्रिय जागरण परिषदका संयोजक भण्डारीले समाजवादी क्रान्ति र जनपक्षीय एजेन्डा एकीकृत समाजवादीले नेतृत्व गर्न सक्ने सम्भावना देखेरै आफूहरुले पार्टी एकता गरेको बताए । वाम एकता तथा सम्वाद कार्यदलका संयोजक तथा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बृहत् कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने सोच भएकाले साना ठूला कम्युनिष्ट शक्तिहरुलाई गोलबद्ध गर्दै लगिने बताए ।
एकता अभियानमा जोडिएका सम्पूर्णलाई क्षमता तथा सम्भावनाका आधारमा उपयुक्त जिम्मेवारी दिइने कार्यदल सदस्य तथा उपमहासचिव डा.विजय पौडेलले बताए ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया