‘कठपुतली’लाई दर्शकको राम्रो साथ

काठमाडौँ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन राजधानीका मल्टीप्लेक्सहरुमा फिल्मले ८० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको वितरक कम्पनीले जानकारी दिएको छ । शुक्रवारको ओपनिङ सुखद भएपछि काठमाडौंका मल्टीप्लेक्सहरुले शनिवारका लागि फिल्मको शोजमा भारी वृद्धि गरेका छन् ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि १४ शो दिएको थियो । शुक्रवारको व्यापार राम्रो भएपछि शनिवारका लागि २२ शो उपलब्ध गराएको छ । राजधानीका अन्य मेजर मल्टीप्लेक्सहरुले पनि शनिवारलाई शो बढाएका छन् । सिंगल थिएटरमा पनि फिल्म हेर्ने दर्शकको उपस्थिति सुखद रहेको जानकारी प्राप्त छ ।
शुक्रवार राजधानीका विभिन्न हलमा पुग्दा फिल्म हेरेका दर्शकहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । पहिलो पटक स्तरीय नेपाली हरर फिल्म हेर्न पाएको बताउँदै दर्शकहरुले कलाकारहरुको अभिनय, कथावस्तु, निर्देशन, छायांकन, ब्याकग्राउन्ड स्कोर लगायतको प्रशंसा गरेका थिए । हलमा विशेषगरी तन्नेरी पुस्ताहरुको उपस्थिति बाक्लो देखिन्थ्यो ।
फिल्मका निर्माता पृथ्वी राना मगरले चिसोको प्रवाह नगरी फिल्म हेर्न विहानैदेखि हलमा दर्शकको उत्साहजनक उपस्थिति भएको देख्दा खुसी लागेको बताए । उनले भने– ‘फिल्म राम्रो बनेको छ भने दर्शकको साथ पाइन्छ भन्नेमा म विश्वस्त थिएँ । ‘कठपुतली’ ले यो कुरा प्रमाणित गरेको छ । माउथ पब्लिसिटी अत्यन्त बलियो भएकाले शनिवारबाट दर्शकको चाप झन् बढ्नेमा म विश्वस्त छु ।’
भिमसेन थापाले निर्देशन गरेको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको छ । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूम खिचेको फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । सम्पदा मल्लले लेखेको फिल्मले राजाहरुको शासन कालको कथा भन्छ । फिल्म हरर जनरामा बनेको हो ।
















नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया