माओवादी केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई
मेरोन्यूज
२०७८ पुष १७ गते १४:४४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समिति चयन गर्ने प्रदेशलाई दिइएको छ ।
महाधिवेशनको बन्दसत्रकै क्रममा महाधिवेशन आयोजक समितिको शनिवार बसेको बैठकले केन्द्रीय समिति छान्ने जिम्मा प्रदेशलाई दिएको हो ।
सात वटै प्रदेशलाई कोटा तोकेर केन्द्रीय सदस्य छान्ने जिम्मा दिइएको माओवादीले जनाएको छ ।
२ सय ९९ सदस्यीय केन्द्रीय समिति मध्ये २ नम्बर प्रदेशले ४३ जना केन्द्रीय सदस्य पाउने भएको छ । अन्य प्रदेशलाई पनि यसैगरी नै भागबण्डा लगाइएको छ । प्रदेश प्रदेशको छलफलबाट सदस्यको नाम टुंगो लागेपछि बन्दसत्रमा निर्वाचन प्रक्रिया अगाडि बढाइने बताइएको छ ।
यसअघि शनिवार नै नेता देवप्रसाद गुरुङले पेश गरेको विधान मस्यौदा बन्दसत्रबाट संशोधनसहित अनुमोदन गरेको थियो ।
सम्बन्धित










पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया