माओवादी केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई
मेरोन्यूज
२०७८ पुष १७ गते १४:४४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समिति चयन गर्ने प्रदेशलाई दिइएको छ ।
महाधिवेशनको बन्दसत्रकै क्रममा महाधिवेशन आयोजक समितिको शनिवार बसेको बैठकले केन्द्रीय समिति छान्ने जिम्मा प्रदेशलाई दिएको हो ।
सात वटै प्रदेशलाई कोटा तोकेर केन्द्रीय सदस्य छान्ने जिम्मा दिइएको माओवादीले जनाएको छ ।
२ सय ९९ सदस्यीय केन्द्रीय समिति मध्ये २ नम्बर प्रदेशले ४३ जना केन्द्रीय सदस्य पाउने भएको छ । अन्य प्रदेशलाई पनि यसैगरी नै भागबण्डा लगाइएको छ । प्रदेश प्रदेशको छलफलबाट सदस्यको नाम टुंगो लागेपछि बन्दसत्रमा निर्वाचन प्रक्रिया अगाडि बढाइने बताइएको छ ।
यसअघि शनिवार नै नेता देवप्रसाद गुरुङले पेश गरेको विधान मस्यौदा बन्दसत्रबाट संशोधनसहित अनुमोदन गरेको थियो ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया