सोमबार, पुष ७, २०८२

माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु

मेरोन्यूज २०७८ पुष १८ गते ११:४०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक शुरु भएको छ । महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा स्थायी समिति बैठक शुरु भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

दिँउसो २ वजेसम्म निर्वाचन कार्यतालिका स्थगित गरेर पार्टीको केन्द्रीय समिति सर्वसम्मत बनाउने प्रयासमा लागेका अध्यक्ष प्रचण्डले विभिन्न प्रदेशवाट आएका समावेशी नाममा नेताहरुसँग छलफल गरेका छन् । माओवादीको वन्दशत्र आज दिउँसो १ वजेदेखि शुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन गदैं आज सम्पन्न गर्ने तयारीमा माओवादी जुटिरहेको छ ।

पहिले २९९ सदस्य केन्द्रीय समिति र निर्वाचित भएको केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने माओवादीको विधानको ब्यवस्था छ । त्यही नेतृत्वका विषयमा छलफल गर्नका लागि अहिले पार्टीको स्थायी समिति बैठक शुरु भएको हो ।

प्रतिक्रिया