माओवादी केन्द्रको आयोजक स्थायी कमिटी बैठक जारी
मेरोन्यूज
२०७८ पुष १८ गते १५:०४

काठमाडौँ । नेकपा माओवादी केन्द्रको अन्तिम स्थायी कमिटी बैठक जारी रहेको छ । माओवादी केन्द्रको महाधिवेशन आयोजक स्थायी कमिटीको अन्तिम बैठक प्रज्ञा भवन कमलादीमा जारी रहेको हो ।
माओवादी केन्द्रले सर्वसम्मत पार्टीको नेतृत्व चयन गर्न छलफल गरिरहेको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशन अन्तगर्त आज आठौं दिन हो । केही बेरमा सुरु हुने महाधिवेशन हलबाट सर्वसम्म पार्टीको नेतृत्व चयन गरेर आज नै महाधिवेशन सकिने बताइएको छ । माओवादीको महाधिवेशन ११ गतेदेखि काठमाडौंमा सुरु भएको थियो ।
१२ गते सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीति प्रतिवेदनमाथि छलफल गरेर सुझाब पेस गरिएको थियो । माओवादी केन्द्रले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
सम्बन्धित










महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया