सुदूरपश्चिम महोत्सव माघ १८ गतेदेखि सञ्चालन गर्ने तयारी

कैलाली । सुदूरपश्चिम महोत्सवको १५औं संस्करण यस वर्ष माघ १८ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । कोरोना भाइरसका कारण दुई वर्षदेखि सञ्चालन हुन नसकेको सुदूरपश्चिम महोत्सव यस वर्ष आगामी माघ १८ देखि २९ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो ।
आयोजक कैलाली उद्योग वाणिज्य संघले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव आयोजनाबारे जानकारी दिएको हो । यस वर्ष महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकालीमार्गसंगैको व्यक्तिको जग्गामा आयोजना गरिने संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा वृहत व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, कृषि सम्बन्धी विभिन्न प्रविधि, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदि व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइनेछ ।
महोत्सवमा कृषि, जडिबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गार्मेन्छ, इलेक्ट्रनिकल, होटल र सूचना प्रविधिलगायत गरेर विभिन्न चार सय बढी स्टलहरु रहेन अध्यक्ष कुँवरले बताए । महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवलाई व्यव्यरुपमा सञ्पन्न गर्न मुल समितिसहित विभिन्न २१ वटा उपसमिति रहने जनाइएको छ । विगतका वर्षहरुमा मंसिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सव कोरोनाका कारण गएका दुई वर्ष सञ्चालन हुन सकेको थिएन ।
यसवर्ष पनि संघले महोत्सवको मिति तोकेपनि कोरोनाको अर्को ओमिक्रोन भेरिन्ट भारतमा फैलिन थालिसकेकाले महोत्सव स्थगित गर्नुपर्ने हो कि भन्ने चिन्ता आयोजकलाई छ । नेपाल सरकारले पनि ओमिक्रोन फैलिँदोक्रममा रहेकाले भिँडभाड नगर्न, अनिवार्य मास्क प्रयोग गर्न÷गराउनलगायतको निर्देशन जारी गरिसकेको अवस्था छ ।










काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया