झापामा खाना पकाउने ग्यास विस्फाेट हुँदा एकको मृत्यु, १२ घाइते

झापा । झापाको मेचीनगर-७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर-८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो । उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।
टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चट्ठ घर पूणर्रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी असप्तालमा उपचार भइरहेको छ । मेचीनगर-८ का ८ वर्षीया शुसीला अधिकारी उपचारपछि घर फर्किएकी छन् ।
आगलागीमा ग्यास विस्फोट हुँदा बिर्तामोड-९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशीको, मेचिनगर ७ का ३२ वर्षीय दिपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुवलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशंकर न्यौपाने, ३६ वर्षीय हरि विक र ३६ वर्षीय निर्मल शर्मा र मेचीनगर-८ का ४० वर्षीय लेखनाथ तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया