बढ्यो कोरोना, एकैदिन ५४० संक्रमित थपिए

काठमाडौ । नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ ।
लामो समयदेखि कोरोना सङ्क्रमितको संख्या स्थिर रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमितको संख्या ह्वात्तै बढेको हो ।
पछिल्लो २४ घण्टाभित्रमा मात्रै ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २०९ जनाको पीसीआर परीक्षणमा ४७८ र ४ हजार ८९० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकामा ३ सय १० संक्रमित थपिए
काठमाडौँ उपत्यकाका मात्रै एकै दिन ३१० जना संक्रमित थपिएका छन् ।
काठमाडौँ जिल्लामा मात्र पछिल्लो २४ घण्टामा २ सय २१ जना सङ्क्रमित थपिएका छन् ।
त्यस्तै, ललितपुरमा ५९ तथा भक्तपुरमा ३० जनामा सङ्क्रमण पुष्टि भएको छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया