सोमबार, पुष १४, २०८२

आज देशभर सामान्य वर्षा हुने

मेरोन्यूज २०७८ पुष २३ गते ७:१३

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले सामान्य बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र प्रदेश २ का केही स्थानमा हल्का वर्षा र हिमपात भएको छ ।

यस्तै, महाशाखाका अनुसार सबै प्रदेशमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने भएको छ ।

आज राति प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया