जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु

खोटाङ । खोटाङको जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१२ जालपाका स्थानीयले २०६९ सालमा स्थापना गरेको सामुदायिक अस्पतालमा पुरानो प्रविधिको एक्स रे उपकरण विस्थापित गर्दै डिजिटल एक्स(रे सेवा सुरु गरिएको हो ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७ / ०७८ मा विनियोजित १५ लाखमा डिजिटल एक्स-रे जडान गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।
अस्पतालमा डिजिटल एक्स-रे मेसिन जडान, तार खरिद, सपोर्टिङ उपकरण खरिदमा थप पाँच लाख बढी खर्च भएको छ । डिजिटल एक्स(रे मेसिन र सो प्रिन्टिङ मेसिन खरिदसमेतका लागि बजेट माग गर्दा डिजिटल एक्स-रे मेसिन मात्र प्राप्त भएको अस्पतालले जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफै डिजिटल एक्स रे मेसिन खरिद गरेर अस्पताललाई उपलव्ध गराएको हो । यसअघि सानो क्षमताको एक्स(रे मेसिनमार्फत सेवा प्रवाह गर्दै आएकामा डिजिटल एक्स-रे मेसिनले एक्स-रेसम्बन्धी सेवा सरल र सहज बनेको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । प्रिन्टिङ मेसिन अभावमा डेभलपर (परम्परागत उपकरण) मार्फत रिपोर्ट दिने गरिएको छ ।
जनसेवा समाज नेपाल जालपामार्फत जालपाका स्थानीयको पहलमा जिल्लामै पहिलोपल्ट स्थापना गरिएको सामुदायिक अस्पतालबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र सावाबेँसी गाउँपालिकाका २४ वडाका स्थानीय लाभान्वित हुँदैआएका छन् । ‘हामीले सरल र सहज मूल्यामा स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएका छौँ,’ व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने, ‘पुरानो मोडेलको मेसिनबाट एक्स(रे सेवा दिनुपर्ने बाध्यताबाट मुक्त भएका छौँ ।’













आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया