आजको राशिफल ः पौष २६ गते सोमबार

आज वि.सं. २०७८ साल पौष महिनाको २६ गते सोमबार, पौष शुक्लपक्षको अष्टमी तिथि ।
मेष
निर्णय क्षमतामा बृद्धि हुने हुँदा नयाँ नयाँ काम गर्नमा जाँगर चल्ने छ । मित्र मिलन हुने छ । हर्षका खवर प्राप्त हुने छ । आर्थिक अवस्था मजबुद बन्ने हुँदा सुख सुविधाका क्रमहरु प्राप्त हुने छ । पेशा ब्यवसायमा नयाँ जिम्मेबारी प्राप्त हुने छ ।
वृष
यात्रामा सफलता प्राप्त हुने छ । घर जग्गा खरिदमा ठोस निर्णय हुने छ । पेशागतमा उन्नति प्रगति हुने छ । दाम्पत्य जीवनमा एकअर्कालाई साथ दिएर अघि बढ्ने वातावरण बन्ने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला ।
मिथुन
अनावश्यक आरोपको सामना गर्नु पर्नेछ । मित्रताको विश्वास र सहयोगमा प्रगतिमा ठूलो मद्दत मिल्ने छ । बोलीको प्रभाव बढ्ने छ भने अरुको मन जित्न सकिने देखिन्छ । पेशागत जीवन मध्यम खालको भए पनि कमाईमा बृद्धि हुनेछ ।
कर्कट
विश्वासमा धोकाको अवस्था आउने छ । सामाजिक जीवनमा केन्द्रीत हुने बानीमा कमि आउने छ । दाम्पत्य जीवनमा सहयोग वातावरण तयार हुने छ । भाग्यले साथ नदिएकाले संघर्ष धेरै तर प्रतिफल कम आउने छ । पेशागत जीवनमा समस्याका क्रमहरु देखिने भएकाले सतर्क रहनु होला ।
सिंह
दृढ खालको व्यक्तित्व कायम हुने छ । आर्थिक पक्ष अनुकुल रहने छ । ब्यावसायिक जीवनमा सकारात्मक अवस्था आउने हुँदा उत्साह आउने छ । मेहनत र पराक्रमी स्वाभावका कारण कसैले पनि हेप्न सक्ने छैन् । मनमा निराशाका क्रमहरु एकपछि अर्काे गरि आइ रहने छ । निर्णय क्षमतामा गिरावट आउँदा आवश्यक स्थानमा मनोबलको कमि हुने छ ।
कन्या
आर्थिक क्षेत्रमा बृद्धि हुने छ । पेशागत जीवनमा थप जिम्मेबारी पाउने र गौरव बृद्धि हुने छ । आँटेका कामहरु पुरा हुने छ भने अरुले कदर गर्ने छन् । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखिने छ । विदेश यात्रामा अन्योलता उत्पन्न हुने छ ।
तुला
पेशागत जीवनमा आन्योलता उत्पन्न हुने छ । रंग रमाईलोमा खर्च गर्ने बानीले घर परिवारमा तनावको अवस्था आउने छ । ठोस कुरामा भन्दा स–साना विषयमा छरिने स्वाभावका कारण पेशा व्यवसायमा प्रगतिको क्रमहरु कम देखिने छ । परिवारमा केही शान्तिको वातावरण देखिने छ ।
वृश्चिक
मनमा अनेकखाले चिन्ताले पेल्ने छ । जसले गर्दा निन्द्रामा विभिन्न नकारात्मक अवस्था देखिने छ । भविष्य सम्बन्धी चिन्ताले सताउने हुँदा उत्साह र उमङ्गको कमि हुने छ । विश्वास गरेका मित्रहरुले धोका दिने छन् । स्वास्थ्य समस्याले च्याप्दा अस्पतालसम्बन्धी खर्च बढ्न जाने छ ।
धनु
पेशागत जीवनमा सुधार आउने छ । स्वास्थ्यमा पनि सुधार देखिने छ । औषधीजन्य क्षेत्रमा भने अझै खर्च उच्च नै हुने छ । मनमा अन्योलता हुने हुँदा निर्णय क्षमता कमजोर बन्ने छ । साझेदारीमा गरिएका काममा साझेदारहरुका बीच मनमुटावको अवस्था कायम रहने छ । धन सम्पत्तिमा नोक्सानीको अवस्था आउने भएकाले संयमित रहनु होला ।
मकर
मनोबल उच्च हुँदा नयाँ अवसरहरु प्राप्त हुने छ । यात्रामा रमाईलो अनुभुति हुने छ । रोमाण्टिक बानीका कारण दाम्पत्य जीवनमा मधुर सम्बन्ध देखिने छ । परिवारमा हाँसिखुशी र सहयोगी वतावरण उत्पन्न हुँदा समाजमा महत्व बढ्ने छ । मनमा शान्तिको अनुभुति हुने हुँदा उत्साहमा तिब्रता आउने छ । पेशागत जीवन र आर्थिक क्षेत्र औसत खालको हुने छ ।
कुम्भ
नयाँ नयाँ सम्भावनाका ढोकाहरु खुल्ने छ । मित्रहरुको साथ र भरोषामा बृद्धि हुने छ । भविष्यप्रतिको चिन्ता भने मनमा धेरै नै आउने छ । आँट र भित्रि बुद्धिमा बृद्धि हुने छ । सबैसँग घुलमिल हुने बानीका कारण नयाँ नयाँ सहयोग प्राप्त हुने छ । बोलीमा मधुरता आउने छ । खर्च भने बढ्ने छ । पेशागत जीवन मध्यम खालको हुने छ । आम्दानी स्थिर रहने छ ।
मीन
स–साना विषयमा पनि झगडा गर्ने बानीले गर्दा अरुले समेत यस्तै मुल्यांकन गर्ने छन् । मेहनती स्वाभाव भए पनि प्रतिफल न्युन हुँदा दबाबको सृजना गर्ने छ । स्वास्थ्यको अवस्थामा भने असन्तुलन प्रदा गरिदिने छ । पेशागत जीवन र आर्थिक क्षेत्र धेरै मजबुद हुने छैन् । र असाध्यै कमजोर पनि हुने छैन् । झैझगडा भन्दा शान्तिपूर्ण रुपमा काम लिने गर्नु होला । यात्रामा सहजता भन्दा कठिनाई भोग्नु पर्ने छ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया