आइतबार, चैत १, २०८२

‘लक डाउन होइन, खोप नै कोरोना रोक्ने अस्त्र हो’

मेरोन्यूज २०७८ पुष २६ गते २०:१५

काठमाडौँ । भारतमा तीव्र रुपमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएसँगै नेपालमा पनि संक्रमण दर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको चाप अत्याधिक बढ्न सक्ने भन्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कोरोनाको नयाँ ओमिक्रोन भेरियन्ट आउन सक्ने तेस्रो लहरको संक्रमण नियन्त्रणका लागि कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई थप द्रुत गतिमा अघि बढाउन जनस्वाथ्यविद्हरुले सुझाव दिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले अहिले भए भरका स्रोत साधन प्रयोग गरेर हरेक नागरिकको घर दैलोमा खोप अभियान सञ्चालन गर्नु पर्ने बताए । उनले भने, ‘कोरोना संक्रमण रोक्ने अस्त्र भनेकै खोप हो ।’

उनका अनुसार लक डाउनभन्दा खोप अभियान तीव्र बनाउनु पर्छ । सरकारसँग खोप कार्यक्रम अझै तीव्र बनाउन सकेको छैन । त्यसलाई तीव्र बनाएर कसरी हुन्छ धेरै भन्दा धेरैलाई खोप दिनु पर्ने उनले बताए ।

नेपालमा खोप कार्यक्रम तीव्र नभएकै कारण तेस्रो लहरको संक्रमणको जोखिम निम्तिएको जनस्वास्थ्यविद्को बताउछन् । त्यसैगरी शुक्रराज ट«पिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले एक डोज पनि खोप नपाएकालाई खोप दिने कार्यक्रम बनाउनु पर्ने बताए । उनले तत्काल लकडाउन गर्नु नपर्ने बताउँदै अहिले फैलिरहेको संक्रमण छिटो फैलिए पनि त्यसले घातक बनाउने सम्भावना निकै कम रहेको बताए ।

उनले भने, ‘एक डोज पनि खोप नपाएकालई खोप पुर्याउनु पर्यो, संक्रमण पहिचानका लागि परीक्षणको दायरा बढाउनु पर्छ ।’

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले गृह मन्त्रालयलाई भीडभाड नियन्त्रणका मापदण्डसहित स्मार्ट लक डाउनसम्मका १३ बुँदे निर्णय गर्दै लागु गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया