शुक्रबार, वैशाख २५, २०८३

आजको मौसम कस्तो रहला ?

मेरोन्यूज २०७८ पुष २७ गते ७:०४

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा प्रदेश १ र प्रदेश २ लगायत पहाडी भागमा सामान्य बदली रहेको छ ।

Advertisement
NiccNicc

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र सतर्कता अपनाउनु आग्रह गरेको छ ।

प्रतिक्रिया