शनिबार, पुष ५, २०८२

हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

मेरोन्यूज २०७८ पुष २७ गते १०:२७

काठमाडौँ । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । प्रेमबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुढाथोकी भुजेलको घरमा पाहुना हुन पुगेका थिए । सोमबार बेलुका भुजेलको आँगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको हो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरो प्रहार भए जस्तो देखिएको छ ।

मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ ।

शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया