बिहीबार, वैशाख २४, २०८३

सुत्केरीको मृत्यु भएपछि त्रिशुली अस्पतालमा तोडफोड

मेरोन्यूज २०७८ पुष २७ गते १२:१४

काठमाडौं । नुवाकोटको त्रिशुलीमा रहेको त्रिशुली अस्पताल तोडफोड भएको छ । अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको गएराति मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।
विदुर नगरपालिका–७ की २७ वर्षीया महिलाको सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालका मेसु डाक्टर दीपन्द्र पाण्डेले बताए ।

Advertisement
NiccNicc

उनले भने,‘महिला सामान्य तरिकाले सुत्केरी भएकी थिइन् तर सुत्केरी पश्चात अत्याधिक रक्तश्राव भयाे, निरन्तरको प्रयासका बाबजुद पनि महिलालाई बचाउन सकिएन ।’
उनका अनुसार करिब २०० जनाको समूहमा जम्मा भएका आफन्तहरु अस्पताल तोडफोड र चिकित्सक, स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास समेत गरेका थिए । आफूहरुले लुकुर ज्यान जोगाएको र अहिले पनि त्रसित अवस्थामा रहेको डा.पाण्डेको भनाई छ

अहिले अस्पतालको इमर्जेन्सीबाहेकका सेवा ठप्प छन्।

प्रतिक्रिया