एमालेकाे २९ जिल्लामा प्रतिस्पर्धा, दशबुँदेलाई मूलगेटमा भोटे ताल्चा

काठमाडौं । एमालेको ६३ जिल्ला मध्ये २९ जिल्लाको नेतृत्व प्रतिस्पर्धाबाट भएको छ । केन्द्रीय संगठन विभागका तर्फबाट सर्वसम्मत गर्न दिएको निर्दैशनलाई उल्लंघन गर्दै २९ जिल्लाको नेतृत्व चुनावी प्रतिस्प्र्धाबाट छानिएको हो ।
आन्तरिक लोकतन्त्रमाथि केन्द्रको निर्देशन हावी नहुने भन्दै अधिकांश जिल्लामा प्रतिस्पर्धा गर्न खोजिएको थियो । तर धेरैजसो जिल्लाको प्रतिस्पर्धा हुनबाट रोकिएपनि २९ जिल्लाको पदाधिकारीहरु भने चुनावी प्रतिस्पर्धाबाटै छानिएका छन् ।
एमालेले जिल्ला कमिटीहरूको अधिवेशनमा सर्वसहमति र मतदानको समानान्तर अभ्यास गरेको भएपनि धेरै कार्यकर्ताहरुमा निराश देखिएको छ । आठ वर्षको अन्तरालमा सम्पन्न जिल्ला अधिवेशनहरूमा आकांक्षी व्यवस्थापन गर्न कठिनाइ भएपछि एमालेले सर्वसम्मतिलाई प्राथमिकतामा राखेको थियो । तर, अधिकांश जिल्लामा दुवै विधिको समानान्तर अभ्यास गर्दै नेतृत्व चयन भएको हो ।
निर्वाचनमा दशबुँदे सहमति गरी एमालेका रहेका नेताहरुलाई जिल्लातहबाटै रोकिएको छ भने पूर्व माओवादीहरुको पनि पदाधिकारीमा झिनो उपस्थिति रहेको छ ।
त्यस्तै प्रतिस्पर्धा भने केपी ओली समूहमै देखिएको छ ।
चुनावी प्रतिस्पर्धाबाट चयन भएकामध्ये बाग्लुङमा दशबुँदे सहमतिसँगै एमालेमा रहेका हिरा केसी अध्यक्षमा निर्वाचित भए ।
प्युठानमा अध्यक्ष निर्वाचित विजयविराज विष्ट पनि दशबुँदे सहमतिसँगै एमालेमा बसेका थिए । उनी सचिव योगेश भट्टराईनिकट मानिन्छन ।
सर्वसम्मत चयन भएकामध्ये भोजपुरका शरण राई पनि दशबुँदे समूहबाटै निर्वाचित भएका हुन ।
त्यस्तै, रूपन्देहीका तेजेन्द्र केसी स्थायी समिति सदस्य घनश्याम भुषालनिकट मानिन्छन् भने गुल्मीका बालकृष्ण काउछामगर सचिव गोकर्ण विष्टनिकट मानिन्छन् । अधिवेशन हुन बाँकी चितवन र सिन्धुपाल्चोकमा दशबुँदे सहमतिसँगै एमालेमा रहेका नेताहरूको प्रभाव बढी छ । पहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिएका, तर पार्टी विभाजनका वेला एमालेमै रहेका थुप्रै जिल्ला नेता पदाधिकारी र सदस्यमा चुनिएका छन् ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले पार्टीभित्र सकेसम्म सर्वसम्मत तथा नभए प्रतिस्प्र्धालाई पनि खुला छाडिएकाले दुवै विधि अवलम्बन भएको बताए । उनले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पार्टी भएका कारण एमालेले जिल्ला अधिवेशनहरूमा मतदान र सर्वसहमतिका दुवै विधिलाई पनि उत्तिकै प्राथमिकतामा राखेको बताएका छन् ।
एमालेले २५ र २६ मंसिरको केन्द्रीय कमिटी बैठकबाट जिल्ला अधिवेशनहरूले नेतृत्व चयन गर्दा सर्बसहमतिलाई पहिलो प्राथमिकतामा राख्न र सहमति हुन नसके मात्र मतदानको प्रक्रियामा जान अन्तरपार्टी निर्देशन जारी गरेको थियो । दशौँ महाधिवेशनको प्रतिनिधिदेखि नेतृत्व चयनसम्म सर्वसहमतिमा जोड दिएको एमालेले जिल्ला अधिवेशनहरूमा भने सहमति र चुनावी दुवैखाले विधिको समानान्तर अभ्यास गरेको छ ।
चुनावी प्रक्रियाबाट नेतृत्व चयन भए पनि जिल्ला अधिवेशनहरूमा उम्मेदवारहरूले प्यानल नबनाई व्यक्तिगत प्रतिस्पर्धा गरेका छन् । तर १० बुँदे सहमतिपछि पार्टीमा रहेका नेताहरुको पक्षमा भने झिनो मात्रै उपस्थिति देखिएको छ ।
कैलाली, कञ्चनपुर जस्ता जिल्लामा पनि अध्यक्ष जित्न सकेनन् । भीम रावलकै जिल्ला अछाममा उनी निकट अध्यक्ष प्रकाश शाह पराजित भए ।
कैलालीमा सचिव लेखराज भट्ट र पूर्वउपाध्यक्ष भीम रावलले समर्थन गरेका अध्यक्षका उम्मेदवारबीच कडा प्रतिस्पर्धाबाट चुनावी परिणाम आएको छ ।
रावलले समर्थन गरेका रणबहादुर चन्दलाई तीन मतले पछि पार्दै भट्टले समर्थन गरेका उम्मेदवार रतन थापा विजयी भए ।
अछाममा रावलले समर्थन गरेका प्रकाशबहादुर शाह संस्थापन पक्षका राजेशचन्द्र बोहोरासँग पराजित भए । यद्यपि, त्यहाँ उपाध्यक्षसहित धेरै पदाधिकारी र सदस्यहरू भने रावलनिकट निर्वाचित भएका छन् ।
एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी र युवा नेता योगेश भट्टराई जिल्ला अधिवशेनमा धक्का लागेको छ । जिल्ला अधिवेशनमा आफू अनुकुलको नेतृत्व चयन गर्न नसक्दा उनीहरुलाई धक्का लागेको हो ।
नेकपा एमाले कास्की अध्यक्षमा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ निकट रहेका मनबहादुर गुरूङ निर्वाचित भएका छन् । जिल्ला नेतृत्व चुन्न मंगलबार भएको निर्वाचनमा गुरूङले ४५६ मत पाएर निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी दामोदर पौडेल ‘बैरागी’ ले ४०७ मत पाएका थिए । संगठन विचार विभाग प्रमुख सुब्बा र संगठन विभाग प्रमुख अधिकारीबीच नै निर्वाचन भएझै कास्कीमा एमालेका नेताहरु दुई भागमा विभाजित भएका थिए । अध्यक्षमा निर्वाचित गुरुङ यसअघि एमाले कास्कीका उपाध्यक्ष थिए ।
सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमा भूपेन्द्र थेवेले बहालवाला अध्यक्ष बलबहादुर सामसोहाङलाई पराजित गरेका छन् । चुनावी प्रतिस्पर्धामा भट्टराई तटस्थ बसेका थिए । पराजित भएका सामसोहाङ दशबुँदे सहमतिसँगै एमालेमै रहेका थिए ।
एमाले सुनसरीको सातौँ अधिवेशनमा सर्वसम्मति जुटेन । अध्यक्षमा बहालवाला अध्यक्ष खेमराज पोखरेलसहित दुई पूर्व अध्यक्ष रेवतीरमण भण्डारी र द्वारिकालाल चौधरी इच्छुक भएपछि चुनाव भयो । रेवतीरमण भण्डारीले जित्दा खेमराज पोखरेल उपबिजेता बने ।
तीन जनामा सबैभन्दा ‘भाइरल’ उम्मेदवार द्वारिकलाल चौधरी भने ज्यादै थोरै मत ल्याएर तेश्रो स्थानमा रहे । १८०५ मतदाता भएको चु्नावमा बिजेता भण्डारीको ९२० आएको छ भने उपबिजेता खेमराज पोख्रेलको ७३३ मत आएको थियो । पूर्व सचिव भीम आचार्यको समर्थन रहेका पोखरेलले जीत हात पार्न सकेनन् ।
इलाममा महेश बस्नेतले डा. देवी दुलाललाई, ओखलढुंगामा शंकर कटुवालले सीताराम गुरुङलाई पराजित गरेर अध्यक्ष निर्वाचित भए ।
ओखलढंगामा यज्ञराज सुनुवार हावी हुन सकेनन । उपाध्यक्ष सुरेन्द्र पाण्डेको गृहजिल्ला चितवनमा चुनावी प्रतिस्पर्धा देखिएपछि अधिवेशन स्थगित भएको छ । त्यहाँ तेजेन्द्र खड्का, रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल र कमल पाठक आकांक्षी छन । उनीहरूमध्ये खड्का दशबुँदे सहमतिसँगै एमालेमै बसेका नेता हुन् ।
स्याङ्जामा पूर्वमाओवादी समूहका सूर्यप्रसाद गैरेलाई सचिव पद्मा अर्याल र मरासिनीलाई स्थायी समिति सदस्य खगराज अधिकारीले समर्थन गरेका थिए । तर गैरेले जित हात पारे ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया