धनुषा कांग्रेसमा संस्थापनबाट सन्तोष यादव सभापतिका उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेस संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ ।
नेपाली काँग्रेस धनुषामा जिल्ला अधिवेशन हुँदैछ । सोही अधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाबाट यादवलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरिएको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए ।
उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्नु परेको पनि बताए ।
यादव सबैभन्दा योग्य व्यक्ति रहेको कारणले सबैसँग छलफल गरेर उम्मेदवार बनाउने निर्णय लिएको नेता रिजालको भनाई छ ।
भेलामा बोल्दै काग्रेस नेता आनन्द ढुंगानाले अहिलेपनि लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने दायित्व नेपाली काग्रेसको काँधमा रहेको बताए ।
उनले नेपाली काँग्रेसको नेतृत्वमा संविधानको सफल कार्यान्वयन र निर्वाचन आवश्यक रहेको बताए । ढुंगानाले संविधानलाई बलियो बनाउनुको साथसाथै संघीयताको संस्थागत विकासमा समेत काँग्रेसको काँधमा दायित्व आएको बताए ।
त्यसैगरि, काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी विधि र प्रक्रिया अनुसार चल्नुपर्ने आवश्यकता रहेको औल्याउदै अहिले लोकतन्त्रको पर्यायवाची नै आफनो पार्टी भएको जिकिर गरे ।
उनले अहिले पार्टीलाई गुटगत भन्दापनि सबैको मन जित्ने खालको नेतृत्वको आवश्यकता रहेको औंल्याए । यादवले युवाको काँधमा जिम्मेवारी आउँदा आउने निर्वाचनमा जिताउने समेत बताए ।
काग्रेस प्रदेश नम्बर २ का अध्यक्ष कृष्ण यादवले तीन वटै तहको निर्वाचनमा पार्टीलाई कसरी बलियो बनाउने त्यो दायित्व रहेको बताएका थिए ।
सभापतिका उम्मेदवार सन्तोष यादवले आफू विजयी भए पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।
यादवले विगतमा पार्टी आफ्नै कमजोरीको कारणले तीन तहको निर्वाचनमा पराजित भएको बताउदै संगठनलाई बलियो बनाउने एक मात्र आफनो अभियान रहने समेत बताए ।
यता, नेता विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पंजियारले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया