नर्भिक अस्पतालले कोभिड ओपिडी सेवा सुरु गर्ने

काठमाडौँ । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने भएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई हुनसक्ने सम्भावित संक्रमणबाट बचाउन ‘कोभिड ओपिडी सेवा’ संचालन गर्न लागेको बताए ।
नर्भिकको पार्किङ क्षेत्र नजिकै निर्मित भवनमा कोभिड ओपिडी सेवा संचालन हुने छ । कोभिड ओपिडीमा कोभिड भएका वा कोभिड भइसकेकामा देखिन सक्ने स्वास्थ्य समस्याको विषयमा गुणस्तरीय परामर्श सेवा दिइने छ । चेष्ट फिजिसियनसहितका विशेषज्ञहरुबाट परामर्श सेवासहित अस्पताल भर्ना गर्नु पर्ने कोभिड संक्रमितहरुलाई त्यही रहेको कोभिड वार्ड तथा कोभिड आइसियूमा राखी उपचार गरिने छ ।
कोभिडबाट संक्रमित भई सामान्य स्वास्थ्य समस्या भोग्ने र कोभिडपछि पनि विभिन्न समस्या भोग्नेहरुलाई लक्षित गरी डेडिकेटेड चिकित्सकसहितको ‘कोभिड ओपिडी’ संचालन गर्ने नर्भिक पहिलो निजी क्षेत्रको अस्पतालसमेत हो ।
यसअघि नर्भिक अस्पतालले कोभिड भइसकेकामा देखिने जटिल स्वास्थ्य समस्याको समयमै निराकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘पोस्ट कोभिड प्याकेज’ कार्यान्वयनमा ल्याएको थियो ।

















सैन्य विमानमार्फत मध्यपूर्वबाट आफ्ना नागरिकको उद्वार गर्दै अष्ट्रेलिया
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी
मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया