सिभिल बैंकको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिभिल बैंक लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मत स्वीकृत भएको छ ।
साथै सभाले आ.व. २०७८–०७९ को लेखा परीक्षणका लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई पुनः नियुक्त गर्नुका साथै बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिनबारेसम्म छलफल भएको छ ।
बैंकले प्रचलित नियम, कानूनअनुसार गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ । बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिंदै सुरक्षित सेवा प्रदान गर्दै लैजाने योजना रहेको जनाएको छ ।
करिब पाँच लाखभन्दा बढी ग्राहकलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएममार्पmत सेवा प्रदान गरिरहेको बैंकले ९१ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब कर्जा लगानी गरेको छ ।

















सैन्य विमानमार्फत मध्यपूर्वबाट आफ्ना नागरिकको उद्वार गर्दै अष्ट्रेलिया
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी
मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया