झण्डै पाँच हजार कोरोना संक्रमित थपिए
काठमाडौंमा मात्रै एकैदिन ३ हजार ३४७ जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ माघ २ गते १६:४५

काठमाडौं । नेपालमा आज आइतबार झण्डै पाँच हजार कोरोना संक्रमति थपिएका छन् ।
१२ हजार ५६२ पीसीआर परीक्षणमा ४ हजार ५३४ र २ हजार ५६९ परीक्षणमा ४२७ जना गरी आज ४ हजार ९ सय ६१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज कुल परीक्षणको ३६ दशमलव १ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, आइतबार थप तीन जनाको मृत्यु भएको छ । सोही अवधिमा ४३५ जना कोरोनामुक्त भएका छन् ।
देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेकामध्ये होम आइसोलेनमा २४ हजार ५ सय ८४ र संस्थागत आइसोलेसनमा १ हजार ९६जना रहेको मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणमा उल्लेख छ ।
यसैबीच, काठमाडौं उपत्यकामा मात्रै आइतबार ३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित
















आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया