झण्डै पाँच हजार कोरोना संक्रमित थपिए
काठमाडौंमा मात्रै एकैदिन ३ हजार ३४७ जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ माघ २ गते १६:४५

काठमाडौं । नेपालमा आज आइतबार झण्डै पाँच हजार कोरोना संक्रमति थपिएका छन् ।
१२ हजार ५६२ पीसीआर परीक्षणमा ४ हजार ५३४ र २ हजार ५६९ परीक्षणमा ४२७ जना गरी आज ४ हजार ९ सय ६१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज कुल परीक्षणको ३६ दशमलव १ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, आइतबार थप तीन जनाको मृत्यु भएको छ । सोही अवधिमा ४३५ जना कोरोनामुक्त भएका छन् ।
देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेकामध्ये होम आइसोलेनमा २४ हजार ५ सय ८४ र संस्थागत आइसोलेसनमा १ हजार ९६जना रहेको मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणमा उल्लेख छ ।
यसैबीच, काठमाडौं उपत्यकामा मात्रै आइतबार ३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित










एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया